बुढानिलकण्ठ पासिकोट – गोकर्णेश्वर बालुवा सुरुङ्ग मार्ग निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २४ ।
बुढानिलकण्ठ पासिकोट-गोकर्णेश्वर बालुवा सुरुङ्ग मार्ग निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ।
बागमती प्रदेस सरकारको छोटा सुरुङ मार्ग निर्माण गर्ने योजना अनुसार बजेट बिनियोजन भए संगै सो क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु भएको छ।
काठमाण्डौ उपत्यकामा निर्माण भैरहेको काँठ चक्रपथमा पर्ने सो क्षेत्रमा करिव ३ सय देखि ५ सय मिटर लम्बाई रहेको सुरुङ निर्माणका लागि सरोकारवाला पक्ष विच अन्तरक्रिया गरिएको हो।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आ.व. २०७८/०७९ मा तीनवटा छोटा सुरुङको संभाव्यता अध्ययनका लागि रकम विनियोजन गरेको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राई,प्रदेस सभा सदस्य रामेश्वर फुयाल,बुढानिलकण्ठका प्रमुख मिठाराम अधिकारी,निबर्तमान प्रमुख उद्धब खरेल ,गोकर्णेश्वर नगरपालिकाकि उप- प्रमुख सान्नानी लामा सहित प्राविधिक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।