कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

कपन अनलाइन
काठमाडौं, जेठ २३।

प्रदेश १, बागमती, गण्डकी र मधेश प्रदेशमा सामान्य बदली हुँदै केही स्थानमा छिटफुट वर्षा भइरहेको छ। बाँकी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यीसहित थोरै स्थानमा दिउँसोदेखि रातिसम्म मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए। बागमती प्रदेशदेखि पूर्वी भूभागमा मौसम पूर्ण बदली रहेको उनले बताए।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार नेपालमा मनसुन  सरदर १३ जुनमा भित्रिने भए पनि यो वर्ष आइतबार प्रदेश १ मा भित्रिसकेको छ।

यो वर्षको मनसुन सरदर मितिअघि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको हो। अन्य भू–भागमा पनि केही दिनपछि मनसुन भित्रिने विभागले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।