ध्रुबतारा बोर्डिङ स्कुल,बुढानिलकण्ठ -३ को नवनिर्मित भवन उदघाटन

ध्रुबतारा बोर्डिङ स्कुल,बुढानिलकण्ठ -३ को नवनिर्मित भवन उदघाटन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित चापाचौर (चपलिगाँउ) मा सार्वजनिक शैक्षिक गुठि द्वारा सञ्चालित ध्रुबतारा बोर्डिङ स्कुलको पाँच तल्ले नयाँ भवन उद्घाटन गरिएको छ ।

२०४६ सालमा स्थापना भएको विद्यालयको नवनिर्मित भवन सोमबार बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

विद्यालयको पुरानो २ तल्ले (आधा तल्ला जस्ताको) भवन भुकम्पको कारण भत्किएकाले पुराना संरचनालाई पूनःनिर्माण गरी भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण भएको हो । बूढानीलकण्ठ नगरपालिका, समाजसेवी संस्था छाया (CHAY YA) र विद्यालयको आन्तरिक कोषको सहकर्यमा भवन निर्माणकार्य सम्पन्न भएको विद्यालय व्यवस्थापम समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, निवर्तमान प्रमुख उद्दव प्रसाद खरेल सहित वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ ,वडा नं  ३ अध्यक्ष आकाश धिताल, वडा नं ४ अध्यक्ष श्री राम केसी लगायत विद्यालय व्यवस्थापन समिति अधयक्ष केशब बहादुर खड्का, छाया संस्था अध्यक्ष शृष्टि सिलवाल, छाया अस्ट्रेलियाका प्रतिनिथि सबिना क्लज, विद्यालय परिवार, पूर्व विद्यार्थी , अभिभावक तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय प्रधानाध्यापक जे.एस. पौडेलका अनुसार ५ तल्ले भवन निर्माणको लागि विभिन्न चरणमा कुल ३ करोड ९७ लाख ३ हजार ५ सय ६० रुपैया लागत खर्च भएको छ । जसमध्ये छाया नेपालले २ करोड ६६ लाख ९ हजार ७ सय २२ रुपैँया, नगरपालिकाको तर्फबाट ५५ लाख २० हजार ४ ७३ रुपैयाँ र विद्यालय आन्तरिक कोष बाट ७५ लाख ५९ हजार ७ सय ७७ रुपैयाँ खर्च भएको हो ।

 

तपाइँको प्रतिक्रिया ।