Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/283816212_707122680535836_6287683455905679679_n-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/284630205_5506733802682892_8258995363889386097_n-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/283753197_537311007843971_5700894753074153429_n-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिका द्वारा संचारकर्मी सम्मानित

कपन अनलाइन

काठमाडौं ,जेठ १६ । कागेश्वरी मनोहरा नगरपालिका द्वारा  गणतन्त्र दिवसको अवसरमा कागेश्वरीमनोहरा नगरपालिकालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई सम्मान गरेको छ । गणतन्त्र दिवसको अवसरमा थलिमा आयोजना गरेको वक्तृत्वकला, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख उपेन्द्र कार्कीले  संचारकर्मीहरुलाई  सम्मान  गरेका हुन ।

कार्यक्रममा नगर प्रमुख कार्कीले वरिष्ठ पत्रकारहरु कृष्णमुरारी भण्डारी र बद्रि पौडेल तथा पत्रकारहरु राधेश्याम  दाहाल,  अजय फुयाल, बिकल सापकोटा ,उपेन्द्र लामिछाने, अन्जन खड्का, संजय थापा, योगेश भट्टराई,राजाराम फुयाल,अर्जुन अधिकारी, शिव रेग्मी, गोबिन्द चापागाई, लालकुमार मोक्तान, जगन्नाथ दुलाल, प्रल्ह्राद पराजुली, सुदर्शन सिग्देल, सुनिल दाहाल, लगायत कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा बसोबास गर्ने पत्रकारहरुलाई सम्मान  गरेका हुन । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख कार्कीले अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गर्दै सुसंस्कृति विकासको मोडल अपनाएर काम गर्ने  योजना रहेको बताएका थिए ।  उनले स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्र  आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा रहने पनि  बताए ।उनले नगरलाई सुशासनमैत्री बनाई नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए ।

उनले नगरवासीमा सुशासनको प्रत्याभूति गराउँदै निम्न आय भएकालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि प्रष्ट पारे । ठुला ठुला  दीर्घकालिन योजनाहरुसँगै स-साना समस्या समाधानमा पनि नगरपालिका प्रतिबद्ध भएर लाग्ने उनले जानकारी गराए । नगरभित्रका सबैखाले ससाना समस्या समाधानका लागि ‘र्यापिड रेस्पोन्स टिम’ बनाएर अघि बढ्ने योजना रहेको  उनले जानकारी गराएका थिए । जनताले भोगिरहेका ससाना समस्याहरु गुनासो आएको २४ घण्टाभित्र समाधान गर्नेगरी अघि बढ्ने पनि उनले सुनाए ।

 उनले  नगरपालिकाले सञ्चालन गर्ने विभिन्न योजना तथा कार्यक्रमहरुलाई जनसमक्ष पुर्याउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएकोले नगरपालिकाका गतिबिधिहरुलाई जनसमक्ष पुर्याउन र नगरपालिकालाई सकारात्मक दिशामा काम गर्नका लागि सहयोग गर्न पत्रकारहरुलाई आग्रह  गरेका थिए ।उनले कमि कमजोरी औल्याएर खबरदारी गर्न समेत उनले अनुरोध गरेका थिए गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै नगरपालिका सञ्चार क्षेत्रसंग सहकार्य गरेर कार्य गर्न तयार रहेको पनि जानकारी गराएका थिए ।प्रमुख  कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका  थिए । उनले  सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने बताए । कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने ।

मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै खेलकुदका पूर्वाधारहरु बनाएर नगरपालिकालाई खेलकुद नगरका रुपमा स्थापित गर्ने बताए ।खेलकुदका पूर्वाधार बनाएर कागेश्वरी मनोहरालाई खेलकुद सहरका रुपमा चिनाउन सकिने भन्दै कागेश्वरी मनोहरा खेलकुदकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिने बताए  ।संघीय सरकार, प्रदेश सरकार र नीजि क्षेत्रसँगको सहकार्यमा खेलकुदका आधुनिक तथा सुविधासम्पन्न एकेडेमी र रंगशाला तथा कभर्डहलहरु बनाएर त्यसको मुनाफा सबै पक्ष बाढ्ने मोडलमा काम गर्ने समेत उनले  बताए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित उपप्रमुख शान्ता थापाले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपमाले सेवा प्रवाह गर्न नगरपालिका लागिपरेको बताउदै नगरको समग्र विकास र समृद्धिका लागि आफू लागेको बताइननगर बासीको सेवामा  उनले सबै संग सहकार्य गरि अघि बढ्ने  बताएकी थिइन ।

कार्यक्रमलाइ वडाअध्यक्षहरुको तर्फ बाट शुभकामना मन्तब्य राख्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयालले  लामो समयको संघर्ष पश्चात प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै अघि बढ्नु पर्ने बताए। उनले गणतन्त्र दिवसको शुभकामना दिदै संवृद्ध नगर निर्माणमा हातेमालो गर्न सबैसँग अनुरोध गरेका थिए ।त्यस्तै नेपाली काग्रेस काठमाडौं क्षेत्र नम्बर २  सभापती कविर शर्मा फुयालले ससाना नानीहरुको वक्तित्वकला आयोजना गरेर वाल पुश्तामाझ गणतन्त्रको मर्म बुझाउन नगरपालिकाले गरेको प्रयास सराहनीय भएको बताए ।

उनले थपे, ‘तपाईहरुले कार्यकालको सुरुमै पत्रकारलाई सम्मान गरेर आफूहरु प्रश्नसँग नभाग्ने प्रतिबद्धता पनि गर्नुभएको छ । यो अत्यन्तै सकारात्मक कुरा हो ,सोहि  भावनाअनुसार पाँच वर्ष काम गर्न समेत उनले अनुरोध गरेका थिए ।सम्मानित वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीले सञ्चारकर्मीको धर्म नै आलोचनात्मक खबरदारी गर्ने रहेकाले त्यसबाट नआत्तिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । भण्डारीले गणतन्त्रको मर्मअनुसार स्थानीय सरकारको भूमिका बुझेर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाएका थिए  ।

कार्यक्रममा सम्मानित पत्रकारहरुको तर्फ बाट  पत्रकार अजय फुयालले नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिलाइ सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेतृत्वले गरेको सुसंस्कृत नगर बनाउने घोषणाप्रति खुसी व्यक्त गर्दै पत्रकार फुयालले पत्रकार मात्र नभई सम्पूर्ण नागरिकहरुले पूरा पाँच वर्षसम्म त्यसको निगरानी राखिरहने भन्दै नगरपालिकालाई सचेत गराए । ‘पत्रकार भनेको जवाफदेहिताको संवाहक हुन् । तपाईहरु जवाफदेही हुने प्रयासमा हुनुहुन्छ भन्ने यसले संकेत गरेको छ । , पाँच वर्षपछि कार्यकाल सकिइरहँदा आज हामीलाई सम्मान गरेजस्तो काम मुल्यांकन गरेर हामीले तपाईहरुलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुहोस ,फुयालले भने

कार्यक्रममा  पत्रकार राधेश्याम दाहालले पत्रकारको हैसियतमा आगामी पाँच वर्षसम्म नेतृत्वलाई खवरदारी गरिरहने बताए । ‘हामीलाई पहिलो पटक नगरपालिकाले सम्झिएको छ । यसमा खुसी लागेको छ  तर पत्रकारलाई सम्मान गरेकै भरमा तपाईहरुका नराम्रा काम छोपिन्छ भन्ने नसोच्नुहोस  हामी आलोचनात्मक भइरहन्छौं,’ दाहालले सचेत गराए ।

 कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, ३ नं.वडाका वडा अध्यक्ष राममणी पुडासैनी, वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापा, ८ नं.वडाका वडा अध्यक्ष हरिभक्त पुडासैनी र ९ नं. वडाका वडा अध्यक्ष अनिल थापा लगायत  जनप्रतिनिधि सहित विभिन्न शाखाका प्रमुखहरु, वडा सचिवहरु लगायत नगरपालिकाका कर्मचारीहरु र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।