Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/280091369_712402206674252_3952850517662810549_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/05/277909259_1183403892483528_500667473640904273_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गणतन्त्र दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका द्वारा आयोजित वक्तित्वकला प्रतियोगिता  सम्पन्न

कपन अनलाइन

काठमाडौं जेठ १६ । कागेश्वरी मनोहरा नगरपालिकाले १५औं गणतन्त्र दिवसको अवसरमा विद्यालयस्तरीय  वक्तित्वकला प्रतियोगिता  सम्पन्न गरेको छ।  आस्था पार्टी प्यालेस थालीमा नगरपालिका भित्रका ९ वटा  सामुदायिक विद्यालयका ११ विद्यार्थी सहभागी रहेको वक्तित्वकलामा आनन्द भैरव माध्यामिक विद्यलायकी छात्रा सतिस्मा खड्काले प्रथम भइन भने आनन्द भैरवकै विष्णु नेपाली दितीय भएका छन । त्यसै गरि गान्धी आदर्शका अर्जुन कोइराला तृतीय भए  भने  नेपाल राष्ट्र निर्माण उच्च माविकी प्रशंसा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

वक्तित्वकला तर्फ प्रथम भएकी  सतिस्मा खड्काले प्रमाण पत्र सहित नगद रु  आठ हजार पाँच सय रुपैयाँ  प्राप्त गरिन भने दितीय भएका  बिष्णु नेपालीले प्रमाण पत्र सहित  नगद रु  चार हजार सात सय ५० रुपैयाँ र  तृतीय स्थान हासिल गरेका अर्जुन कोइरालाले प्रमाण पत्र सहित नगद रु  तीन हजार दुई सय ५० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन  ।सहभागी सबै विद्यार्थीहरुलाई  नगरपालिकाले यातायात खर्च स्वरुप थप एक हजार रुपैयाँ प्रदान गरेको छ । बिजेता उप बिजेताहरुलाई  कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित  नगर प्रमुख  उपेन्द्र कार्की, उप प्रमुख  शान्ता थापा ,प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे , वरिष्ठ पत्रकार कृष्ण मुरारी भण्डारी लगायतले पुरस्कृत गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले हाललाइ सामुदायिक बिध्यालय स्तरीय वक्तित्वकला कार्यक्रम गरे पनि आगामी दिनमा नगर भरिका सामुदायिक र सस्थागत बिध्यालय स्तरीय बिभिन्न कार्यक्रम गर्दै जाने बताए।  उनले नगरमा शिक्षाको बिकासका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसमा सबैको साथ पाउने बिश्वास ब्यक्त  गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।