झरिरहेका ताराहरु : वैरागी जेठा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
झरिरहेका ताराहरु
बिहानको झिसमिसे देखिनै
रगत छादिरुहेका थिए
कालिकाका मधुरा आवाजहरु
बुझ्यौ बुझ्यौ भनिरहेथे
दानाको दुर्गन्धीत पसिना चिमोट्छ
एक थुप्रो मासुमा
दानाका छानाबाट फाल हालिरहेका
ताराहरु
कठोर मुटु बनाएर
शशीको प्रवाह झैँ
ऐँसेलु धूवाँ उडाइरहेथ्यो
खुल्ला आकाशतिर
धाइरिंगहरु
हडबडाएर हीं हीं गरिरहेथे
ताराहरु भुमेथानमा बलिरहँदा
डिठ्ठाका खोकी फुक्छ
बुर्लुक्क उफ्रेर
शीतले झैँ ठुगछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।