सेन्ट लरेन्स कलेजमा आन्दोलन रोकियो : आजबाट पठनपाठन सुचारु गर्ने सहमति
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १२।
यौन दुर्व्यवहारमा परेकी नाबालिकाका अभिभावक, कलेज प्रशासन र विद्यार्थीले बिहीबारदेखि पठनपाठन सुचारु गर्ने सहमति गरेका छन् । बुधबार प्रहरी वृत्त गौशालामा पीडित परिवार, विद्यार्थी र कलेज प्रशासनले आन्दोलन रोकी पठनपाठन सुचारु गर्ने सहमति गरेका हुन् ।
कलेज प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त बैठकले कोअर्डिनेटरबाट नाबालिगहरु पटकपटक यौन दुर्व्यवहार र यौन हिंसाको शिकार बनेको भन्दै जेठ १० गते मंगलबारबाट उक्त कलेजका विद्यार्थीहरुले गरेको आन्दोलन रोकेर पठनपाठनलाई सुचारु बनाउने सहमति गरेका हुन् ।
त्यस्तै आन्दोलनका क्रममा कलेजले कुरा लुकाउनका लागि शुल्क मिनाहा गर्ने भनेर आएको विषयलाई पनि अभिभावकहरुले झुटो रहेको बताएका छन।
आन्दोलनका क्रममा सहभागी कुनै पनि विद्यार्थीहरुलाई पूर्वाग्रह नराख्ने तथा परिक्षा नजिक रहेकोले पठन पाठन सुचारु गर्ने सहमति पश्चात आन्दोलन फिर्ता लिएर नियमित कलेज संचालन हुने भएको छ।