समुन्नत जालपादेवी युवा क्लब र लायन्स क्लब अफ काठमाडौँ डाँफेले गोकर्णेश्वर ३ मा रक्तदान गर्ने
कपन अनलाइन
काठमाडौं, जेठ १० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान कार्यक्रम हुने भएको छ । “प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदानको सुरुवात गरौ, तपाइको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ” भन्नेमूल नाराको साथमा समुन्नत जालपादेवी युवा क्लब तथा लायन्स क्लब अफ काठमाडौँ डाँफेको संयुक्त आयोजना र समरितन इन्भेस्टमेन्ट प्रालिको सहयोगमा आठौं नियमित रक्तदान कार्यक्रम हुने भएको हो। गोकर्णेश्वर नगरपालिका वडा नं’ ३ को प्राङ्गणमा २०७९ साल जेठ २१ गते शनिबार बिहान १० बजे देखि हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ। नाम दर्ता तथा थप जानकारीको लागि सम्पर्क नम्बर ९८४९६०३८६४
तपाइँको प्रतिक्रिया ।