कपनको मिलनचोकमा युवती मृत्यु

कपनको मिलनचोकमा युवती मृत्यु

काठमाडौं । कपनको मिलनचोकमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । विगत पाँच वर्षदेखि बुढानिलकण्ठ नगरपालिका–१२ मिलनचोकमा बस्दै आएकी जुनु भनिने आईसा यादव मृत अवस्थामा फेला परेकी हुन् । संजयकुमार पोखरेलको घरमा वस्दै आएकी जुनुको आर्थिक अवस्थामा कमजोर थियो ।

sss
झापाको दमक नगरपालिका वडा नं. ७ मा स्थायी घर भएका नवीन यादव र धनमाया यादवकी छोरी जुनुको गत बिहीबार साँझको समयमा उनी बस्दै आएको पोखरेलको घरमा उनको मृत शरिर भेटिएको पारिवारिक स्रोतले बताएको छ ।
जुनुलाई पोखरेलले उनको बुबासँगको आपसी समझदारीमा आफ्नो घरमा राख्दै आएका थिए । उनी स्थानीय जनकल्याण उमाविमा कक्षा ९ मा अध्ययनरत थिईन् । उनी बाल विकास उत्थान केन्द्रको सहयोगमा पढदै आएकी थिइन ।

तपाइँको प्रतिक्रिया ।