भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रवर्दधन मेला २०७९ मा उपभोक्ताको भिड

कपन अनलाइन

काठमाडौं, जेठ ७ । काठमाडौँको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रवर्दधन मेला २०७९ मा उपभोक्ताको भिड लागेको छ । फुटवयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको आयोजनामा बैशाख १५ गतेदेखि शुरू भएको मेलामा  उल्लेख्य ग्राहकहरू आएको उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले जानकारी दिए । मेलामा स्वदेशी प्रशिद्ध ब्राण्डका जुत्ता चप्पलहरू प्रदर्शनी एवं बिक्रीका लागि राखिएका छन् । ग्राहकहरूले विशेषगरी सिजनल किसिमका जुत्ता चप्पलहरू मन पराएको संयोजक बन्जाडेले बताए ।

उनले भने “ग्राहकहरूले विशेषगरी पार्टी वेयर, लेडिज स्यान्डल, बच्चाको जुत्ता चप्पलको आइटमहरू, क्याजुअल जुत्ता रुचाउनु भएको छ । सिजन नभएको कारणले बुट र स्पोर्ट सुजको तुलनामा अन्य जुत्ता चप्पलहरूमा आकर्षण बढेको छ ।” एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् ।मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएकोछ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहको छ । मेलामा १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ । राजधानी काठमाडौंमा एसोसिएसनले ६ महिनापछि बहृत खालको मेला आयोजना भएको हो । बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता रहेको छ ।

त्यस्तै, स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर, सुरभी पोलीमर्स, सम्राट शुज, नमस्ते फुटवेयर, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थितिगरी  कम्पनीको सहभागिता रहेको छ ।उपभोक्ताको आकर्षण बढाउनका लागि आयोजकले ग्राहकहरूसँग फिड्ब्याक लिने, हरेक दिन समीक्षा गर्ने, सामान थप्ने गरिरहेको छ भने कम्पनीहरूले ग्राहकहरूलाई अफर पनि दिइरहेका छन् । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न विदेशी जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गरी बस्तु उत्पादनका क्षेत्रमा देशलाई आत्म निर्भर बनाउन तथा स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि मेलाको आयोजना गरिएको एशोसिएसनले जनाएको छ । मेला आगामी जेठ ८ गतेसम्म लाग्नेछ ।

तपाइँको प्रतिक्रिया ।