कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रकाश फुयाल निर्वाचित ,को को बने सदस्यहरु? ?

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रकाश फुयाल निर्वाचित ,को को बने सदस्यहरु? ?

कपन अनलाइन

काठमाडौं, जेठ ७ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को अध्यक्षमा प्रकाश फुयाल निर्वाचित भएका छन । उनि नेकपा एकीकृत समाजबादी बाट बिजयी भएका हुन । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार ।  वडा अध्यक्षका उम्मेदवार  प्रकाश फुयाल विजयी भएका हुन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित भएका फुयाल अहिले पार्टी विभाजन भए संगै नेकपा एकीकृत समाजबादी बाट उम्मेदवार हुदै बिजयी भएका हुन ।

उनले कुल ११२१ मत  ल्याएका थिए भने  उनका निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका उमेश अधिकारीले ११०४ मत प्राप्त गरेका थिए । त्यसै गरि  सदस्य हरुमा नेपाली काग्रेसका विकास केसी र नेकपा एकीकृत समाजबादीका कपिल खनाल निर्वाचित भएका छन त्यस्तै गरि महिला सदस्यमा  नेकपा एमालेकी रूपमती भण्डारी र दलित महिला सदस्यमा  नेकपा एमालेकी सिम्रन मंग्राती निर्वाचित भएकी छिन । कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका  उपेन्द्र कार्की र  उप प्रमुखमा नेकपा एमाले कि  शान्ता थापा निर्वाचित भएकी छिन ।

तपाइँको प्रतिक्रिया ।