काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

कपन अनलाइन

काठमाडौं जेठ ७ । काठमाडौं महानगरपालिका वडा नम्बर ६  मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ  । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार  नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुवन लामाको प्यानलनै विजयी भएको हो । नेपाली कांग्रेस बाट वडा नं ६ को वडा अध्यक्षमा निर्वाचित लामाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामालाइ  ११ सय ४४ मत अन्तरले पराजित गरेका हुन भुवनले ३८७६ मत ल्याउदा उनका प्रतिस्पर्धी बसन्त लामाले २७३२ मत प्राप्त गरे ।त्यसै गरि सोहि पदमा उम्मेदवार रहेकी नेकपा एकीकृत समाजबादी कि लक्ष्मी श्रेष्ठले मात्र ५५ मत ल्याएकी थिइन भने राप्रपाका ज्ञानेन्द्र लामाले ४२७ र लौरो चुनाब चिन्ह लिएर स्वतन्त्र उमेद्वारी दिएका कृष्ण प्रसाद रिमालले २३९ मत प्राप्त गरे । अध्यक्षमा भुवान लामा निर्वाचित भए संगै सदस्यहरुमा नेपाली कांग्रेसका  नरेन्द्र कुमार थापा (भगवान) ,देब सुन्दर बज्राचार्य,गायत्री पुडासैनी र मिना सुनार निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।