बुढानिलकण्ठ-३ अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकासको जित : पार्टीले अन्याय गर्यो वडावासीले न्याय

बुढानिलकण्ठ-३ अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकासको जित : पार्टीले अन्याय गर्यो वडावासीले न्याय

कपन अनलाइन

काठमाडौँ, जेष्ठ १ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकास धिताल विजयी भएका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित भएका धितालले यस पटक पार्टीले अन्याय गर्दै टिकट नदिए पछी स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

२०७४ सालमा नेकपा एमालेले चार सदस्य जित्दा पनि नेपाली कांग्रेसको प्रतिष्ठा जोगाउदै सदस्य पदमा विजयी बनेर निकै सक्रिय जनप्रतिनिधिको पहिचान बनाएका धिताललाई वडावासीले न्याय गरेको चर्चा अहिले वडा नं  ३ मा चल्न थालेको छ।

२०७९ को निर्वाचनमा धितालले ५१२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४  मत प्राप्त गरेका छन।

तपाइँको प्रतिक्रिया ।