इन्द्रावती गाउँपालिका वडा नं  ३ मा नेकपा एमालेको प्यानल नै विजयी

इन्द्रावती गाउँपालिका वडा नं  ३ मा नेकपा एमालेको प्यानल नै विजयी

कपन अनलाइन

सिन्धुपाल्चोक ,जेष्ठ १ ।

इन्द्रावती गाउँपालिका वडा नं  ३ मा नेकपा एमालेले विजय हासिल गरेको छ । बैशाख ३० गते  सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार भिमसेन थापाले विजय हासिल गरेका हुन् ।

बैशाख ३१ गते सम्पन्न  मतगणनामा नेकपा एमालेका उम्मेदवारले ४३३ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेस उम्मेदवारले ३४९मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले २१२ मत प्राप्त गरेका छन । यो संगै नेकपा एमालेले इन्द्रावती ३ मा प्यानल नै  विजय हासिल गरेको छ ।

तपाइँको प्रतिक्रिया ।