टोखा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवारको अग्रता

टोखा नगरपालिकाको प्रमुख  र उपप्रमुखमा एमाले उम्मेदवारको  अग्रता

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१ ।

टोखा नगरपालिकाको प्रमुखर उपप्रमुख एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका प्रमुखका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ ।

उपप्रमुख एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ मत प्राप्त गरेकी छन् । कांग्रेसका उपप्रमुख उम्मेदवार मुरारी तामाङले ३५४ मत ल्याए ।

माओवादी केन्द्रकाप्रमुखका उम्मेदवार शेखर श्रेष्ठले १४५ र उपप्रमुखका उम्मेदवार यमुना पुडासैनीले २०७ मत प्राप्त गरेका छन् । टोखामा राप्रपाका उम्मेदवारले प्रमुखर उपप्रमुखले क्रमशः ८२ र ८० मत ल्याएका छन् ।

तपाइँको प्रतिक्रिया ।