बुढानिलकण्ठ नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, बैशाख ३० । देशका विभिन्न स्थानमा झडप र हवाई फायर भए पनि बुढानिलकण्ठ नगरपालिकामा स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकामा बिहान ७ बजे बाट शुरु भएको मतदान अपरान्ह ५ बजे सम्पन्न भएको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को  नेपाल चार्टर बुथ मा भने केहि प्राबिधिक कारण ढिलो गरि मतदान भएको थियो ।

बुढानिलकण्ठ नगरपालिकाका मदतान केन्द्रहरू ग्राम शिक्षा मन्दिर उच्च माध्यमिक विद्यालय केन्द्र, र यज्ञमति माबी केन्द्र वडा न ११, वडा न १३ जनउद्दार मतदान केन्द्र , वडा न ३ बुढानिलकण्ठ मन्दिर, वडा न १ जय भद्रकाली मतदान केन्द्र, वडा न ५ विष्णु पादुकोण मतदान केन्द्र , वडा न २ चपली पशु स्वास्थ चौकी   वडा नं ९ को काष्टमण्डप मतदान केन्द्र लगायत का केन्द्रमा मतदान गर्न मतदाताहरु उत्साहका साथ लाइन बसी मतदान गरेका थिए ।  नगर  प्रमुख र उप प्रमुखका उम्मेदवारहरुले अवस्था बुझ्न  नगरका सबै मतदान स्थल  पुगेका  थिए  ।

 

तपाइँको प्रतिक्रिया ।