गोकर्णेश्वर ४ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

गोकर्णेश्वर ४ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, बैशाख ३० । देशका विभिन्न स्थानमा झडप र हवाई फायर भए पनि गोकर्णे नगरपालिकामा वडा नं ४ मा स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  बिहान ७ बजे बाट शुरु भएको मतदान अपरान्ह ५ बजे सम्पन्न भएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा दुइ वटा मदतान केन्द्र रहेका  थिए।  सहयोगी माबी केन्द्र र गोकर्ण माबी केन्द्रमा आज  ८०. २० प्रतिशत मत खसेको छ  ।    सहयोगी माबी केन्द्रमा १९३४ मत र गोकर्णेश्वर माबी केन्द्रमा ११७५ मत गरि कुल  ३१३९ मत खसको जानकारी गराइएको छ। उक्त दुवै केन्द्रमा कुल ३९२४ मतदाता रहेका छन   ।

तपाइँको प्रतिक्रिया ।