ओखलढुंगा चम्पादेवीको मिश्रभञ्ज्याङ्ग केन्द्रमा झडप, ९ राउण्ड हवाई फायर

ओखलढुंगा चम्पादेवीको मिश्रभञ्ज्याङ्ग केन्द्रमा झडप, ९ राउण्ड हवाई फायर

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३०।

मतदान गर्ने क्रममा चम्पादेवी गाउँपालिकाको वडा नं. ९, विलन्दुमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ ।

चम्पादेवी गाउँपालिकाको वडा नं. ९ विलन्दु, मिश्रभञ्ज्याङ्गमा जीवनज्योती आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढङ्गाका प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले पुष्टि गरेका छन  । झडपका क्रममा मतदान स्थलमा राजनीतिक दलका नेता तथा कार्यकर्ता पसेर तोडफोड गर्न थालेपछि मतदान सामाग्रीको सुरक्षाका लागि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको प्ररी नायव उपरीक्षक खनालले जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।