बैशाख २८ को मध्यरात : चोकचोकमा नेता र कार्यकर्ताको ताती,एक अर्काको गस्ती
कपन अनलाइन
काठमाडौं, बैशाख २९।
बैशाख २८ गते रातको करिव ९ बजे कपन अनलाइनको टिम ग्राउण्ड जिरो रिपोर्टिङ्गमा निस्किएको थियो। कपन अनलाइनको कार्यालयमा धेरै पटक फोन आएर विभिन्न हल्ला र गतिविधि भएको सुचना पाए संगै वास्तविकता पत्ता लगाउनका लागि फिल्डमा पुग्दा हामीले विभिन्न दृश्यहरु देखेका थियौ।
सो अवसरमा विभिन्न चोकमा राजनीतिक दलका कार्यकर्ता तथा नेताहरु पुरै एक अर्काको निगरानी गरिरहेका थिए भने कतिपय स्थानमा उम्मेदवारहरु पनि एक दुई जना आसेपासेका साथमा बसिरहेका भेटिए।
छिन छिनमा विभिन्न हल्लाले तरंगित पारेको समयमा कतै सबै दलका कार्यकर्ता सामुहिक रुपमा गफमा मस्त भेटिन्थे। जसलाई निगरानी गर्न निस्केको उही संगै भए पछी उनीहरु ढुक्कका साथ रमाइरहेका थिए।
त्यस्तै कतिपय स्थानमा प्रहरीले जम्मा भएका उनीहरुलाई धपाएको थियो भने कतिपय स्थानमा साइरन बजाएर भाग्ने संकेत दिएको देखिन्थ्यो।
तराइ तिर कत्ल कि रात भनेर चिनिने अन्तिम रात भन्दा अघिल्लो रात बुढानिलकण्ठ नगरपालिकाका सबै वडामा राजनीतिक दलहरुले समुह बनाएर गस्ती गर्दा केहि स्थानमा भने सामान्य भनाभन भए पनि कुनै पनि अप्रिय घटना भने भएको पाइएन।