नेकपा एमाले चितवन द्वारा भरतपुरमा राज्यसत्ताको दुरुपयोग भएको आरोप

नेकपा एमाले चितवन द्वारा भरतपुरमा राज्यसत्ताको दुरुपयोग भएको आरोप

कपन अनलाइन

काठमाडौं,बैशाख२९। नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा राज्यसत्ताको दुरुपयोग भएको आरोप लगाएको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले एक विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरी कानुन मिच्ने काम भएको आरोप लगाएका हुन्। निर्वाचन आचारसंहिताको उल्लंघन भइरहेको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत अध्यक्ष न्यौपानेले बताएका हुन्

विज्ञप्तिमा लेखिएको छ, ‘भोलि वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ। निर्वाचनको ४८ घन्टाअगावै मौन अवधि सुरु भई आजसम्म कायमै छ। तर, राज्य सञ्चालनको जिम्मा लिएका भनिएकाहरूबाटै नेपालको संविधान, नियम, कानुनलाई मिच्दै निर्वाचन आचारसंहिताको चरम उल्लंघन भइरहेको दृश्यले नेकपा एमाले चितवनको गम्भीर ध्यानाकर्षण भएको छ।’

तपाइँको प्रतिक्रिया ।