ब्याटल ग्राउण्ड बुढानिलकण्ठ : कपन क्षेत्र निर्णायक

ब्याटल ग्राउण्ड बुढानिलकण्ठ : कपन क्षेत्र निर्णायक

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतक दलहरुको प्रचार अभियान सकिएको छ। बैशाख २७ गते राति १२ बजे देखि मौन अवधि सुरु भए संगै बाहिरि प्रचार अभियान सकिएको छ भने आन्तरिक प्रचार र तयारी निकै तीव्र बनेको छ।

कुल मतदाता  ४८,२४७ रहेको बुढानिलकण्ठ नगरपालिकामा पनि घरदैलो,सभा र र्याली सम्पन्न गरेर राजनीतिक दलहरु अहिले आन्तरिक छलफल र प्राविधिक तयारीमा व्यस्त रहेका छन।

सतह मुनि ब्यापक तरंग र आक्रामक तयारी हुने मौन अवधिमा बुढानिलकण्ठ नगरपालिकाको चुनावी मैदानमा रहेका राजनीतिक दलहरुको भावी अवस्था र सम्भावित परिणामका वारेमा पनि चर्चा परिचर्चा सुरु भएको छ।

सानो चिया पसल देखि ठुला ठुला मंच सम्म  अहिले  कस्तो परिणाम आउला ? कुन कुन पक्षले भूमिका खेल्ला ? भन्ने जस्ता प्रश्नहरु निकै जोडतोडले उठेका छन।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा यस पटक वडा नं १० का दुई जना मैदानमा देखिएका छन भने वडा नं ११ का दुई जना चुनावी मैदानमा रहेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ रहेको कपन क्षेत्रबाट नेकपा एमाले ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नगर प्रमुख पदमा उम्मेद्वारी दिएका छन भने नेकपा एकीकृत समाजवादीले वडा नं ३ बाट उम्मेद्वारी दिएको छ। त्यस्तै वडा नं २ बाट पनि नगर प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी परेको छ।

प्रमुख राजनीतक दलहरुले कपन केन्द्रित गरेर नगर प्रमुख पदमा उम्मेद्वारी दिए संगै अहिले सो क्षेत्रको मत निर्णायक हुने विश्लेषण गर्न थालिएको छ।

प्रमुख राजनीतिक दल कपन तिर केन्द्रीत् गर्दा  नेकपा एसका बालकृष्ण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सुमित खरेलले केहि राहत महसुस गरेपनि १० वटा  वडाको मत भन्दा कपन क्षेत्रका तिन वडाको मत निर्णायक हुने देखिन्छ।

कुल मतदाताको करिव ३७.८५ प्रतिसत शंख्या रहेको कपन क्षेत्रको मत कुन उम्मेदवारले आफ्नो पक्षमा बहुमत पार्न सक्छ त्यहि उम्मेदवारले नगर भारी अग्रता कायम गर्न सक्ने सम्भावना रहेको एक बुद्दिजीवी बताउछन।
करिव १८२६६  मतदाता रहेको कपन क्षेत्रमा हुने मत अन्तरले नगर भरिको नातिजामा अशर पार्ने भएकोले अहिले धेरै दलहरु रात र दिन नभनी त्यतै तिर सक्रिय बनेका छन।

मौन अवधि सुरु भए संगै अहिले कपन क्षेत्रमा रात्रीकालिन गस्ती र एक अर्काको निगरानी तीव्र बनेको छ भने क्षण क्षणमा हुने हल्ला र फैलिने अफवाहले पनि राजनीतिक माहोल निकै तताएको छ।

आगामी ५ वर्ष बुढानिलकण्ठ नगरपालिकाको नेतृत्वका लागि नेकपा एमालेले मिठाराम अधिकारी,नेपाली कांग्रेसले बिनोद चालिसे ,नेकपा माओवादी केन्द्रले डम्बर अधिकारी र लोसपाले सिताराम बिकलाई नगर प्रमुख पदको उम्मेदवार बनाएको छ।

 

तपाइँको प्रतिक्रिया ।