कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजनाको मृत्यु

 कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको  छ ।

टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।