नेकपा एमाले गोकर्णेश्वर ३ का उम्मेदवार तारेभिर पुग्दा मतदाता उत्साहित

नेकपा एमाले गोकर्णेश्वर ३ का उम्मेदवार तारेभिर पुग्दा मतदाता उत्साहित

कपन अनलाइन

काठमाडौं, बैशाख २७ । आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिंदो छ । उम्मेदवारहरुले बैशाख २७ गतेसम्म मात्र चुनाव प्रचार प्रसार गर्न पाउने समयाअवधि तोकिएको छ। वैशाख २७ गते राति १२ बजेपछि मौन अवधि सुरु हुने छ।त्यस अवधिमा कुनै दल वा उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्। बैशाख ३० गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने निर्वाचन आयोगको तालिका छ। त्यसै क्रममा आज  गोकर्णेश्वर वडा नं ३ तारेभिरमा नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

निर्वाचन नजिकिएपछि नेकपा (एमाले) तर्फका मेयरका उम्मेदवार उद्दब बिष्ट , उप मेयरकी उम्मेदवार सानान्नी लामा  , वडाअध्यक्ष का उम्मेदवार मुरारी प्रसाद कुइकेल सहितका वडा सदस्यका  उम्मेदवारहरु सचिन लामा, बुद्धि बहादुर श्रेष्ठ, लक्ष्मी भण्डारी, र चित्रमाया बि.क सहितको टोली गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा  चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुगेका छन ।

मंगलबार बिहानैबाट उनीहरु  गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरको बिभिन्न स्थानमा मत माग्न पुगेका छन्। चुनावी घोषणापत्र र एजेण्डासहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन्। कतिपय मतदाताले घर–दैलो कार्यक्रममा आएका उम्मेदवारलाई विजयी भएर गएपछि पनि घर–दैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझाव समेत दिएका थिए ।घर–दैलो कार्यक्रममा नेताहरु पुग्दा त्यहाँका मतदाता निकै उत्साहित बनेको देखिन्थे। उम्मेदवारहरुले निर्वाचिनका लागि मत माग्न भन्दापनि कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ भनेर हेर्न आएको बताएका छन्। उनीहरुले विकास गर्न बाँकी ठाउँ देखाउन मतदातासँग आह्वान गरेका  थिए ।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।