बुढानीलकण्ठ-१० वासीको दिल जितेकी दिलकुमारी बिक फेरी मैदानमा

बुढानीलकण्ठ-१० वासीको दिल जितेकी दिलकुमारी बिक फेरी मैदानमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा ५ वर्ष सक्रिय र निरन्तर जनताको सेवा गरेकी दिल कुमारी बिक फेरी एक पटक निर्वाचनको मैदानमा उत्रिएकी छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को दलित महिला सदस्यमा निर्वाचित भए संगै विकास निर्माण र शशक्तिकरणको क्षेत्रमा अब्बल रुपमा काम गरेकी बिक नेकपा एमाले बुढानिलकण्ठ को दलित आन्दोलनमा पनि परिचित नाम हो।

नियमित वडा कार्यालयमा उपस्थित भएर सेवाग्राहीको सेवामा तल्लिन रहने गरेकी बिक नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीकी सदस्य समेत हुन्।

तपाइँको प्रतिक्रिया ।