चम्पादेवी-७ मा स्वतन्त्र उम्मेदवारका सहयोगी माथि आक्रमण,एमाले वडा अध्यक्ष उम्मेदवार विरुद्ध जाहेरी

चम्पादेवी-७ मा स्वतन्त्र उम्मेदवारका सहयोगी माथि आक्रमण,एमाले वडा अध्यक्ष उम्मेदवार विरुद्ध जाहेरी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ७ का स्वतन्त्र उम्मेदवार विष्णुहरि पोखरेलका सहयोगी राजु पोखरेल माथि सांघातिक आक्रमण भएको छ।

आज दिउसो ३.३० बजेको समयमा फुलबारीबाट फर्किदै गरेका राजु पोखरेललाई मोटरसाइकलको चाबी खोसेर गर्धन र ढाडमा बासको भाटा र फलामको रड प्रहार गरि मोटरसाइकलमा समेत क्षती पुर्याई मरणासन्न हुने गरि कुटपिट गरिएको स्वतन्त्र उम्मेदवार विष्णुहरि पोखरेलले बताएका छन।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार सुरेश थापा,कमल दयाल र धुर्व तामाङ्ग विरुद्ध किटानी जाहेरी दिदै पिडित राजु पोखरेलले कारवाहीको माग गरेका छन।

राजु पोखरेलले दिएको किटानी जाहेरी :

 

तपाइँको प्रतिक्रिया ।