बुढानीलकण्ठमा नेपाली कांग्रेसको बिसाल आमसभा हुने

बुढानीलकण्ठमा नेपाली कांग्रेसको बिसाल आमसभा हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

बुढानीलकण्ठ नगर कार्य समितिको आयोजनामा वैशाख २७ गते वडा नम्बर ८ स्थित टेनिस कोर्टमा नेपाली कांग्रेसको विसाल आमसभा आयोजना हुने भएको छ।

बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसतर्फ बाट मेयर पदको उमेद्वारमा  विनोद चालिसेर  उपमेयरको प्रत्यासीका रुपमा सशक्त महिला नेत्री रमिला वाग्ले खड्कालाई  अउम्मेदवार बनाइएको छ ।

भोलि हुन लागेको वृहत आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामंत्री गगन कुमार थापा र पार्टिका प्रबक्ता डा. प्रकाश शरण महतको उपस्थिति रहने कार्यक्रम संयोजकले जानकारी दिएका छन्।

आमसभामा नगरबासिहरु सँग पार्टिका सम्पूर्ण उमेद्वारहरुका लागि “भोट अपिल” गर्ने कार्यक्रम रहने कार्यक्रम संयोजकले बताए। आमसभामा मेयर र उपमेयरका उमेद्वारहरु को पनि सम्बोधन रहने छ।

नेपाली कांग्रेसका उमेद्वारहरुले नगरबासिलाई सम्बोधन गर्दै आफ्ना कार्यक्रमका बारे जानकारी दिने साथै सम्पुर्ण नगरबासि हरु सँग मतदान गर्न अपिल समेत गर्ने छन्। आयोजकहरुको अनुमानमा चुनावी आमसभामा भारिमात्रामा समर्थक तथा शुभचिन्तकहरु जम्मा हुने आंकलन  छ। ठुलो भिड उपस्थित हुने भएकाले सुरक्षा लगायत अन्य व्यवस्थामा विशेस ध्यान पुर्याउने आयोजकले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।