काठमाण्डौ महानगरपालिका वडा नं ३ मा प्रेम थापाको माहोल बलियो बन्दै

काठमाण्डौ महानगरपालिका वडा नं ३ मा प्रेम थापाको माहोल बलियो बन्दै

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

काठमाण्डौ महानगरपालिका वडा नं ३ मा नेकपा एमालेको तर्फ बाट वडा अध्यक्ष पदका उम्मेदवार  प्रेम थापाको माहोल बलियो बन्दै गएको चर्चा चलेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ३ को सदस्यमा निर्वाचित भएर वडावासीको सेवा गरेका  थापा बाँसबारी क्लवका अध्यक्ष पनि हुन्।

वडा नं ३ को पूर्वाधार विकास र सामाजिक क्षेत्रको शशक्तिकरणलाई आफ्नी मुख्य चुनावी मुद्दा बनाएर घर दैलो अभियानमा रहेका थापालाई वडावासीहरुले न्यानो स्वागत गरेका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य रहेका थापा लामो समय देखि खेलकुदको क्षेत्रमा पनि सक्रिय रहदै आएका छन।

तपाइँको प्रतिक्रिया ।