अलपत्र सुवर्ण शमशेर क्रिकेट मैदान निर्माण नेकपा एमालेको उच्च प्राथमिकतामा

अलपत्र सुवर्ण शमशेर क्रिकेट मैदान निर्माण नेकपा एमालेको उच्च प्राथमिकतामा

कपन अनलाइन

काठमाण्डौ , बैशाख २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सुवर्ण शमशेर क्रिकेट मैदान निर्माणलाई नेकपा एमाले बुढानिलकण्ठले उच्च प्राथमिकतामा राखेको छ।

स्थानीय संचार माध्यमले प्राथमिकतामा राखेर उठाउदै आएको बुढानिलकण्ठ नगरपालिकाको ठुलो पूर्वाधारका रुपमा रहेको सो क्रिकेट मैदानलाई नगरको गौरवको आयोजनमा राख्दै नेकपा एमालेले श्रोत व्यवस्थापन गरी तिन वर्ष भित्र निर्माण सम्पन्न गर्ने आफ्नो प्रतिवदत्ता पत्रमा उल्लेख गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका युवा तथा खेलाडीहरुको माग लाई सम्बोधन गर्दै सो मैदान निर्माणलाई प्राथमिकतामा राखेको बताउदै नगर प्रमुख पदका उम्मेदवार मिठाराम अधिकारीले मैदान निर्माण संगै बुढानिलकण्ठ क्रिकेट क्लव (BCC ) स्थापना गर्ने घोषणा गरेका छन।

नेकपा एमालेले खेलकुद विकासलाई अनिवार्य कार्यभारका रुपमा लिएको बताउदै अधिकारीले वडा नं १० मा रहेको कपन ह्यान्डबल मैदानलाई पनि तोकिएको समयमा नै सम्पन्न गर्न निरन्तर निगरानी र पहल प्रतिवदत्ता व्यक्त गरेका छन।

प्रतिवद्दता पत्रको खेलकुद विकास र पूर्वाधार खण्डमा क्रिकेट  मैदान निर्माणलाई प्राथमिकताका साथ उठाएको नेकपा एमालेले गोल्फुटार बास्केट बल कोर्टलाई स्तरोनात्ति गर्दै अन्तरास्ट्रिय प्रतियोगिता आयोजना स्थलका रुपमा विकास गर्ने प्रतिवदत्ता व्यक्त गरेको छ।

स्थानीय संचार माध्यमका लाखौ शव्द खर्च  हुँदा पनि सरोकारवाला पक्षले कुनै चासो ए चिन्ता नदेखाएको सो क्रिकेट मैदान निर्माणलाई लिखित प्रतिवदत्ता मार्फत प्राथमिकतामा राख्नु निकै सुखद पक्ष रहेको एक स्थानीय संचारकर्मीले बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।