नेकपा एमाले गोकर्णेश्वर -४ को चुनावी घरदैलो

नेकपा एमाले गोकर्णेश्वर -४  को चुनावी घरदैलो

कपन अनलाइन

काठमाडौँ, बैशाख  २५ । बैशाख ३० हुने स्थानीय तहको निर्वाचन नजिकिँए सँगै नेकपा (एमाले)ले गोकर्णेश्वरले  चुनावी अभियानलाई तिव्रता दिएको छ । नगरका सबैजसो वडामा दैनिक भइरहेका चुनावी कार्यक्रममा नेता कार्यकर्ता र शुभेच्छुकहरुको उत्साहजनक उपस्थिति रहने गरेको हो ।आइतबार  बिहान एमालेले  गोकर्णेश्वर ४ तालिन्चोक  बाट  घरदैलो कार्यक्रम गरेको छ ।

नेकपा एमाले बाट नगर प्रमुखका उम्मेदवार उद्दब बिष्ट उप प्रमुखका उम्मेदवार सान्नानी लामा  वडा अध्यक्षका उम्मेदवार  श्रीकुमार श्रेष्ठ, वडा सदस्यका उम्मेदवारकृष्ण प्रसाद श्रेष्ठ (अनिल) गौरी श्रेष्ठ, तारा श्रेष्ठ र बिष्णु सुनाम सहित नेकपा एमाले काठमाडौं जिल्ला सदस्य तथा  नगर प्रचार संयोजक हरि कृष्ण स्थानीय नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो। वडा वडामा निर्वाचन परिचालन कमिटि बनाएर नेकपा एमाले चुनाबी प्रचार अभियानमा होमिएको हो ।

सुर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित घरदैलोमा पुगेका एमालेका उम्मेदवारलाइ मतदाताले  स्वागत गर्दै मत  दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार श्रीकुमार श्रेष्ठले  कपन अनलाइनलाइ जानकारी गराए । गोकर्णेश्वर नगरपालिका वडा नं ४तालिन्चोक बाट शुरु भएको उक्त घर दैलो अभियान  देशे – माकलवारी – भगवति मन्दिर – हनुमानचोक – टोठा – दोखा – चौतारा रिङरोड – भैरबचौर – नोहकिल – उत्तरबाहिनि चोक – नारायण दास डोङ्गचा – सुर्य थापा घर चोक – हाराहुरु टोल – महत टोल – किसिगाल डोङ्गचा – किसिगाल नाम्गेल चोक – उत्तरबाहिनि चोक हुदै पुन तालिन्चोक पार्टी कार्यालयमा  पुगी समापन भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।