बुढानिलकण्ठ-११ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णकुमार भट्टराई नेकपा एमालेमा प्रवेस

बुढानिलकण्ठ-११ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्णकुमार भट्टराई नेकपा एमालेमा प्रवेस

कपन अनलाइन

काठमाण्डौ , बैशाख २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा माओवादी केन्द्रका पुर्व वडा कमिटी अध्यक्ष कृष्ण कुमार भट्टराई नेकपा एमालेमा प्रवेस गरेका छन।

२०५८ साल देखि नेकपा माओवादी सक्रिय रहेका भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्ष रहेका थिए। वडा नं ११ को संगठन विस्तार र विकास निर्माणमा सक्रिय रहेका भट्टराईलाई स्थायी कमिटी सदस्य डा. राजन भट्टराई , बागमती प्रदेस कमिटी सदस्य संगम गहतराज ,जिल्ला कमिटी अध्यक्ष दीपक निरौला ,नगर कमिटी अध्यक्ष प्रदिप डंगोल सहित नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेमा स्वागत गरेका थिए।

केहि दिन अघि  वडा नं ११ का सम्पूर्ण उम्मेदवारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिदै नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति गते  पनि भट्टराई सहित ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।