गोकर्णेश्वर २ मा नेपाली कांग्रेसको घरदैलो

गोकर्णेश्वर २ मा नेपाली कांग्रेसको  घरदैलो

कपन अनलाइन

काठमाडौँ, बैशाख  २५ । स्थानीय तह निर्वाचन मिति नजिकिए सँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन। यस्तैमा नेपाली कांग्रेस गोकर्णेश्वर २ ले आज मेयर उपमेयरका उम्मेदवार सहित संयुक्त रुपमा घरदैलो अभियान शुरु गरेका छन ।   नगर प्रमुखका उम्मेदवार दिपक रिसाल उप प्रमुखका उम्मेदवार शान्ती नेपाल वडा अध्यक्षका उम्मेदवार सुदिप पण्डित क्षेत्री सहित वडा सदस्यहरुले  गोकर्णेश्वर २ बाट घरदैलो अभियान शुरु गरेका हुनपार्टीको झण्डा, चुनावी एजेण्डा र प्रतिबद्धता पत्र र  वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्ता सहित शुरु गरेको उक्त घरदैलो कार्यक्रममा रुख चिन्हका उम्मेदवार पुगिरहँदा मतदाताहरुले स्वागत गर्दै विजयको शुभकामना ब्यक्त गरेका थिए ।

घरदैलो अभियान लाइ तिब्र बनाएको नेपाली कांग्रेस वडा नं २  ले  मतदाताहरु संग भेट गरेर उनिहरुका समस्या बुझ्ने अभियान थालेका हुन् ।  नयाँपाटी बाट घर दैलो अभियान शुरु गरेको नेपाली कांग्रेस गोकर्णेश्वर २ ले शिक्षा, स्वास्थ्य,कृषि, खानेपानी विकास, सुशासन, लगायतका बिभिन्न समस्या समाधान लगायतको एजेण्डालाई प्राथमिकतामा राखेको अध्यक्षका उम्मेदवार पण्डितले जानकारी गराएका छन ।

अध्यक्षका उम्मेदवार सुदिप पण्डित क्षेत्री सहित सो वडामा वडा सदस्यमा नेपाली कांग्रेस बाट  रोजकुमार  लामा, गोकुल गिरि, जुना दुतराज रहेकी छिन भने गठबन्धन बाट राप्रपा बाट चन्द्र माया तामाङ महिला वडा सदस्यको उम्मेदवार रहेकी छिन । उम्मेदवारहरुले वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले नेपाली कांग्रेसका  उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार सुदिप पण्डित क्षेत्रीले कपन अनलाइनलाइ जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।