नेपाल सकियो भनेर विदेशीले विजनेश गर्दैछन्-भट्टराई

काठमाडौ, ११ जेष्ठ । एमाले सचिव योगेश भट्टराईले नेपाल हाइटीजस्तो नहुने बताउँदै हाइटीसँग तुलना नगर्न आग्रह गरेका छन् । नेपालीबीचआपसी एकता र सहयोगी भावना कुनै पनि मुलुकसँग तुलना गर्न नसकिने बताउँदै भट्टराईले हाइटीसँग तुलना नगर्न आग्रह गरेका हुन् । ‘विदेशीले नेपाल सकियो भनेर चित्कार गरिरहेका छन्,’ काठमाडौंमा आइतबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यो उनीहरुको बिजनेश हो ।’ भट्टराईले विदेशीको सहयोग लिँदा सरकारले राष्ट्रिय स्वाभिमानमा चुक्न नहुने पनि बताए ।

 

Yogesh-Bhattarai उनले भूकम्पले हल्लिएको नेपाल केही वर्षमै ठीकठाक हुने ठोकुवा गरे । एमालेले आइतबारदेखि नै १० हजार स्वयंसेवक परिचालन गर्न लागेको जानकारी दिँदै भट्टराईले दुई दिनपछि नै सम्बन्धित ठाउँमा पुगरेर काम सुरु गर्ने उल्लेख गरे । एमालेले सबै पार्टीका कार्यकर्तालाई मिलाएर एकीकृत स्वयंसेवक परिचालन गर्ने प्रस्ताव राखे पनि सरकारले कार्यान्वयन नगरेको उनले बताए । –

तपाइँको प्रतिक्रिया ।