मोटरसाइकल र्‍याली सहित शुरु भयो नेकपा एमाले शंखरापुरको चुनावी घरदैलो

मोटरसाइकल र्‍याली सहित शुरु भयो नेकपा एमाले शंखरापुरको चुनावी घरदैलो

कपन अनलाइन

काठमाडौँ, बैशाख २०| स्थानीय निर्वाचनको सरगर्मी बढेसंगै राजनीतिक दलहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । नेकपा एमाले शंखरापुरका  मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले पनि सोमबार बाट घरदैलो अभियान शुरु गरेका छन। नगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरुले  चुनावी घरदैलो शुरु गरेका हुन । समृद्द शंखरापुरको आधार नेकपा एमालेको स्थानीय सरकार भन्ने मूल नाराको साथमा  शंखरापुर नगरपालिका वडा नं १  बाट घर दैलो कार्यक्रम शुरुवात गरिएको हो ।वडा वडामा निर्वाचन परिचालन कमिटि बनाएर नेकपा एमाले चुनाबी प्रचार अभियानमा होमिएको हो।

शंखरापुर नगरपालिकाको बजार  बाट  मोटरसाइकल र्याली सहित शुरु भएको  अभियानमा निवर्तमान नगर प्रमुख सुवर्ण श्रेष्ठ,  नगरप्रमुखका उम्मेदवार कृष्ण बजगाई उप प्रमुखकी उम्मेदवार लक्ष्मी केसी  वडा अध्यक्षका उम्मेदवार प्रकाश दंगाल  वडा सदस्यका उम्मेदवारहरु लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा नकपा एमाले रहेको हुँदा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं  १  पुगेका उम्मेदवारहरुले  वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले  नेकपा एमालेका  उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार प्रकाश दंगालले  कपन अनलाइनलाइ जानकारी गराए  ।

 

तपाइँको प्रतिक्रिया ।