आजको मौसम पूर्वानुमान : एक/दुई स्थानमा हल्का वर्षा

आजको मौसम पूर्वानुमान : एक/दुई स्थानमा हल्का वर्षा

कपन अनलाइन

काठमाडौँ,बैशाख १९।

आज  देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१ को एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।