बुढानिलकण्ठमा लोसपाको बलियो उपस्थिति,नगर प्रमुख सहित तिन वडा अध्यक्षमा उम्मेद्वारी

बुढानिलकण्ठमा लोसपाको बलियो उपस्थिति,नगर प्रमुख सहित तिन वडा अध्यक्षमा उम्मेद्वारी

कपन अनलाइन

काठमाडौँ,बैशाख १९।

लोक तान्त्रिक समाजवादी पार्टी नेपालले बुढानिलकण्ठ नगरपालिकामा आफ्नो दरिलो उपस्थिति देखाएको छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सो पार्टीले नगर प्रमुख सहित तिन वडामा उम्मेद्वारी दिएको छ।

सो पार्टीले बुढानिलकण्ठ नगरपालिकाको प्रमुख सहित वडा नं ८ ,११ र १२ को वडा अध्यक्षमा उम्मेद्वारी दिएको छ। बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा सिताराम विश्वकर्मा  (सागर ) उम्मेदवार बनाएको लोसपाले वडा नं ८ को अध्यक्षमा रबिन्द्र धिताल ,वडा नं ११ को अध्यक्षमा नवराज भण्डारी र वडा नं १२ को अध्यक्षमा दीपक गतराजलाई उम्मेदवार बनाएको छ।

स्थानीय तहको निर्वाचनका लागि कार्ययोजना र प्रतिवदत्ता सार्वजनिक गर्दै लोसपा बुढानिलकण्ठमा आफ्नो सरकार बनेको खण्डमा फोहोर मैला व्यवस्थापनलाई निशुल्क बनाउने ,हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने ,भ्रस्टाचारलाई अन्त्य गरेर सम्मुनत समाज निर्माण गर्ने लगायतका योजनाहरु प्रस्तुत गरेको छ।

विचार सुन्य राजनीति र नीतिहीन नेतृत्वका कारण जनताले दुख पाएको भन्दै सो पार्टीले नेपाल सुहाउदो लोकतान्त्रिक अर्थतन्त्र विकास गर्ने बताएको छ।

प्रतिवदत्ता पत्र :

 

 

तपाइँको प्रतिक्रिया ।