बुढानिकण्ठमा राप्रपाकाे मजबुत लहर, कस्ता छन १० वडाका उम्मेदवारहरु ?

बुढानिकण्ठमा राप्रपाकाे मजबुत लहर, कस्ता छन १० वडाका उम्मेदवारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २० ।

राजेन्द्र लिंङ्देन अध्यक्ष भएपछि देशभर लहर आएकाे राप्रपाले स्थानीय तह चुनावमा केही गतिलै प्रदर्शन गर्न आशा गरिएकाे छ  । राजा राजतन्त्र तथा हिन्दु अधिराज्यकाे मुद्धामा अगाडि बढिरहेकाे राप्रपाले काठमाडाैँका नगरपालिकामा मजबुत प्रदर्शन गर्ने आशा गरिएकाे छ । पुराना राजावादीहरूमात्र नभै नयाँ पुस्तामा पनि राजा तथा हिन्दूराज्यका बारे देखिएकाे आकर्षणकाे फाइदा राप्रपालाइ हुने देखिन्छ भने काँग्रेस एमालेबाट रूष्टहरूले पनि राप्रपालाइ छनाैट गर्ने अनुमान गरिएकाे छ ।

काठमाडाैँकेा बुढानिलकण्ठ राप्रपाले मेयर उपमेयरसहित १० वटा वडामा उम्मेदवार खडा गरेकाे छ । राप्रपाले केन्द्रिय निना भेटुवाललाइ बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा उम्मेदवार बनाएकाे छ भने चम्पादेवी अधिकारीलाइ उपमेयर पदकाे उम्मेदवार बनाएकाे छ । मेयर उपमेयर नै महिलालाइ बनाएकाे राप्रपाले वडा नं ६ मा महिला वडाध्यक्ष उम्मेदवार बनाएकाे ।

वडा नं ६ मा शिक्षक पृष्ठभूमिकी सरिताकुमारी श्रेष्ठ वडाध्यक्षमा प्रत्यासी भएकी छिन् ।  घरदैलाे कार्यक्रममा व्यस्त भएकाे राप्रपाले स्वस्फूर्तरूपमा समाजका तहतप्काले राप्रपालाइ माया गरेकाे मेयर पदकी प्रत्यासी निना भेटुवालले बताइन् ।

मानिसमा काँग्रेस एमालेमा जुन वितृष्णा छ, त्याे पाेख्ने माध्यम राप्रपालाइ मतदान भएकाे भन्दै उनले  काँग्रेस एमालेले नसाेचेकाे अप्रत्यासित भाेट ल्याउने दावी गरेकी छन  ।

राप्रपा बुढानिलकण्ठकाे १, ५ र ७ बाहेक सबै वडामा उम्मेदवार उठाएकाे छ । वडा नं २ मा पाका राजनीतिकर्मी बहादुर थापालइ मैदानमा उतारेकाे छ भने वडा नं ३ मा युवा जाेशजाँगरले युक्त अशाेक जिसी मैदानमा छन् । त्यसैगरी वडा नं ४ अर्का युवा उम्मेदवार बिक्रमले थापाले राप्रपालाइ उचाइ दिँदै घरदैलाे गरिरहेका छन् ।

वडा नं ६ मा लामाे समय शिक्षण पेशामा आबद्ध भएर राजनीतिमा हाेमिएकी सरिताकुमारी श्रेष्ठ जनताकाे घरदैलाेमा पुगिरहेकी छिन् । यस्तै वडा नं ८ मा काँग्रेस छाडेर राप्रपा प्रवेश गरेकाे सामाजिक गतिबिधिमा संलग्न कृष्ण अधिकारी जीतकाे आधार बुन्दैछन् । मेयर पदकी उम्मेदवार भेटवालकाे वडामा युवाहरूमा परिचित खेल क्षेत्रका पुष्कर खड्का वडामा जितिन्छ भनेर बसेका छन् ।

कपनभित्रकाे वडा नं १० मा माओवादी पृष्ठभूमिका सशक्त कार्यकर्ता सुरेश तामाङ मैदानमा छन् ।वडा नं ११ र १३ मा हाेटेल रिसाेर्ट व्यवसायी केदार खड्का र प्रदीप श्रेष्ठले वडाध्यक्षकाे उम्मेदवारी पाएर मैदानमा राप्रपाकाे प्रचारमा खटिएकाे छन् ।

११ बुँदे प्रतिबद्धतापत्रसहित घरदैलाेमा पुगिरहेकेा राप्रपाले चुनावमा जितियाे भने आफ्ना कुनै पनि जनप्रतिनिधिले तलब भत्ता नलिने घाेषणा गरेकाे छ । साे तलबभत्ता सेवाग्राहीलाइ निशुल्क फाेटाेकपि सेवा र हुलाक टिकटमा उपयेाग गर्ने घाेषणा उनीहरूले गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।