तिन सहयात्री लिएर बुढानिलकण्ठ -११ को मैदानमा नेपाली कांग्रेसका राधेश्याम र राजेन्द्र
कपन अनलाइन
काठमाडौँ,बैशाख १९।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले घर दैलो अभियानलाई निकै तीव्र बनाएका छन।
बुढानिलकण्ठ -११ मा वडा अध्यक्ष पदका उम्मेदवार राधेश्याम कार्कीले नगरप्रमुखका उम्मेदवार बिनोद चालिसे उप प्रमुखकी उम्मेदवार रमिला वाग्ले महिला सदस्य सर्मिला गौतम केसी ,दलित महिला सदस्य गंगा परियार, खुल्ला सदस्य राजेन्द्र कुमार अधिकारी र समर गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा बंगलामुखी मन्दिर बाट अभियान सुरु गरेका थिए।
वडा नं ११ को सामाजिक विकासमा सक्रिय रहेका सदस्य राजेन्द्र कुमार अधिकारीको दरिलो साथ पाएका कार्की अहिले आफ्ना संकल्प सहित जनताको माझमा पुगेका छन।
० बजे ह्यान्ड्बल स्थित गनेश मन्दिरमा भेला भइ वडा नं ११ का अध्यक्ष तथा सदस्यका उम्मेदवार सहित जङ्गलादेवी , शान्तिटोल , सुर्योदय टोल हुँदै कपन हाइट तथा अधिकारी मोडसम्म “घर दैलो ” कार्यक्रम रहेको नेपाली कांग्रेस वडा नं ११ ले जानकारी दिएको छ।