गठबन्धन बाट कागेश्वरी ३ को अध्यक्षमा श्याम पुडासैनी बने उम्मेदवार
कपन अनलाइन
काठमाडौँ, बैशाख १८ | कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन | कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन |उक्त वडामा गठबन्दन बाट वडा अध्यक्षमा श्याम पुडासैनीले उम्मेद्वारी दर्ता गराएका छन ।
त्यस्तै वडा नं ३ को खुल्ला सदस्यमा नेपाली कांग्रेसका सुजन कालिका पुडासैनी र माओवादी केन्द्रका महेन्द्र पुडासैनीले उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्यमा जानुका पुडासैनी उम्मेदवार बनेकी छन। सो वडाको दलित महिला सदस्य पदमा माओवादी केन्द्रकी मनिषा लोहार उम्मेदवार बनेकी छिन
तपाइँको प्रतिक्रिया ।