काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको माहोल तात्यो

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको माहोल तात्यो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको माहोल निकै तातेको छ।

२०७४ सालको निर्वाचनमा वडा अध्यक्ष सहित सबै सदस्य जितेको नेकपा एमालेले अहिले घरदैलो कार्यक्रमलाई व्यापक बनाएको छ। बैशाख १७ गते सनिवार काठमाण्डौ महानगरपालिकाका प्रमुख उम्मेदवार  केशव स्थापित र उपप्रमुख उम्मेदवार सुनिता डंगोल सहित घर दैलो गरेका उम्मेदवारहरुले न्यानो स्वागत पाएको प्रचार संयोजक उत्तम अधिकारीले बताएका छन।

वडा अध्यक्षका उम्मेदवार कृष्णमणि भट्टराई,सदस्यका उम्मेदवार दिपेन्द्र पुडासैनी र सरस्वती कार्की,अनिता शाक्य र चना परियारले काठमाण्डौ महानगरपालिकाको विकासका लागि विगत ५ वर्षमा नेकपा एमालेको नेतृत्वमा भएका काम आधारमा मत दिन वडा वासीहरुलाई आग्रह गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।