नेकपा माओवादी केन्द्र टोखा ४ ले शुरु गर्यो चुनावी घरदैलो

कपन अनलाइन

काठमाडौँ, बैशाख १७  । स्थानीय निर्वाचनको सरगर्मी बढेसंगै राजनीतिक दलहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् । नेकपा माओवादी केन्द्र टोखाका मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले पनि आजबाट घरदैलो अभियान शुरु गरेका छन।  माओवादी केन्द्रको उपहार गाउँ नगरमा सिंहदरबार भन्ने मूल नाराको साथमा टोखा नगरपालिका वडा नं ४ बाट घर दैलो कार्यक्रम शुरुवात गरिएको हो ।वडा वडामा निर्वाचन परिचालन कमिटि बनाएर नेकपा माओवादी केन्द्र  चुनाबी प्रचार अभियानमा होमिएको हो।

नेपाल कम्यूनिष्ट पार्टी( माओवादी केन्द्र) काठमाडौँ जिल्ला अध्यक्ष हिमाल शर्माको समेत उपस्थिति रहेको सो घरदैलो कार्यक्रममा टोखा नगरपालिकाको प्रमुख पदका उम्मेदवार शेखर श्रेष्ठ उप प्रमुख पदका उम्मेदवार यमुना पुडासैनी  वडा नं ४ का वडा अध्यक्ष पदका उम्मेदवार रमेश श्रेष्ठ वडा सदस्यहरु क्रमश सुरेन्द्र श्रेष्ठ , चेत बहादुर थापा, सीता प्याकुरेल सुनिता बिष्ट बि.क  लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा रहेको भन्दै  विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं  ४  पुगेका उम्मेदवारहरुले  वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले  माओवादी केन्द्रका उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार रमेश श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

घरदैलोकै क्रममा अध्यक्षका उम्मेदवार रमेश श्रेष्ठले  भने -‘ निर्वाचन हारिन्छ कि जितिन्छ भन्ने होइन कति मतले जितिन्छ भन्ने हो । हामीलाई वडाबासीले माया गरिरहनु भएको छ । हाम्रो घरदैलो मत माग्नका लागि मात्र होइन । समृद्ध वडा निर्माणका लागि सुझाब सङ्कलन कार्यक्रम पनि हो ।’ श्रेष्ठले  युवाहरूको आकर्षण आँफुसंग रहेको दाबी गर्दै भने  युवाहरूले नेतृत्व लिएर काम गर्न सक्छन भनेर उदाहरण देखाउन पनि आफ्नो  उम्मेदवारी  रहेको उनले बताए ।

तपाइँको प्रतिक्रिया ।