गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा कस्तो बन्यो गठबन्धन टिम ?

कपन अनलाइन

काठमाडौँ, बैशाख १७  । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्वतन्त्र उमेद्वार ,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी बीच चुनाबी तालमेल भएको छ ।

तालमेल अनुसार स्वतन्त्र उम्मेदवार जयराम महायले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन भने खुल्ला सदस्यमा एकीकृत समाजबादीका बिजय कुमार श्रेष्ठ र माओवादी केन्द्रका पासाङ तामाङले  उम्मेद्वारी दर्ता गराएका छन त्यसैगरि  महिला सदस्यमा माओवादी केन्द्रकी सबिना श्रेष्ठ उम्मेदवार  बनेकी छन भने  सो वडाको दलित महिला सदस्य पदमा माओवादी केन्द्रकी इन्दिरा सुन्चुरी उम्मेदवार बनेकी छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।