Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/04/279079718_305869381554654_3740345397155935569_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कपनमा जसले एमाले बनाए उनीहरु नै अहिले हराउन सक्रिय

 कपन अनलाइन 

काठमाण्डौ ,बैशाख १७/पुन्यराज पुडासैनी 

बैशाख १६ गते अपरान्ह करिव ४ बजेको समयमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको निर्वाचन कार्यालयमा वडा नं १० मा उम्मेदवार बनेका ५ जना नेताहरुको दल बल सहित प्रवेस गरेका थिए।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १० का उम्मेदवारहरुको सू टोलि संगै त्यहा निकै सक्रिय देखिएका दुई नेता थिए ठाकुर प्रसाद खकुरेल र धुर्व नेपालर उनीहरुको साथमा थिए नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) का सभापति राम प्रसाद लुइँटेल ।

नेकपा माओवादी केन्द्रलाई साइड लगाउदै नेपाली कांग्रेस र नेकपा एसको गठबन्धन बनाउने सो अभियानका परिकल्पनाकार रहेका खकुरेल र नेपालको सक्रियता निकै रोचक देखिएको थियो।

२०६२/६३ को जनान्दोलन पछी कपनको राजनीतिमा उदाएका युवा नेता नवराज भट्टराई जो यिनै नेताहरु ठाकुर खकुरेल र धुर्व नेपालका उम्दा प्रोडक्ट हुन् उनैको वडामा गठबन्धन गराउन ति नेताको सक्रियता र तदारुकता निकै असहज र अफ्ट्यारो लाग्ने खालको थियो।

२०७१ साल मंगसिर १६ गते बुढानिलकण्ठ नगरपालिका घोषणा हुनु भन्दा पहिला साविक कपन गाविसको नेतृत्व मोटामोटी रुपमा चार जना नेताले गरेका थिए। ति नेताहरु थिए मिठाराम अधिकारी ,ठाकुर प्रसाद खकुरेल,धुर्व नेपाल र धुर्वराज न्यौपाने।

अहिले यो निर्वाचन सम्म आइपुग्दा मिठाराम अधिकारी नेकपा एमालेका तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका छन भने तीन जना  नेता नेकपा एकीकृत समाजवादीको विभिन्न जिम्मेवारीमा रहेका छन।

बुढानिलकण्ठ नगरपालिकाको राजनीतिमा प्रभाव राख्न सक्ने युवा पंक्ति धुर्वराज न्यौपाने,नवराज भट्टराई,हरिराम ढुंगाना,निरन्जन नेपाल, पुरुषोत्तम नेपाल , जगत निरौला ,कृष्ण भट्टराई सहित दर्जनौ युवा नेता उत्पादन गर्ने दुई जना नेता नै अहिले आफैले बनाएको सुन्दर घरलाई विद्रूप बनाउने अभियानमा लागेको देख्दा धेरैले आश्चार्य मानेका छन।

अझ रोचक त हिजो प्रवृतिको विरोध र कपनको प्रतिरोध भन्दै काठमाण्डौ क्षेत्र नं ४ का राजनीतक हस्तीहरु निर्मल कुइकेल,उद्दव खरेल र अन्जु शर्मालाई पराजित गर्दै मिठाराम अधिकारीलाई महाधिवेसनमा निर्वाचित गर्ने अभियानको नेतृत्व गरेका खकुरेल र नेपालले तिनै अधिकारीको वडामा चिर प्रतिद्वन्दी नेपाली कांग्रेस संग गठबन्धन गर्ने योजना बुन्नु र सफल बनाउनुले धेरै प्रश्न जन्माएको छ।

राजनीतिक प्रश्न कि व्यक्तिगत इगो ?    

यो विषय प्रस्तुत गरिरहदा धेरैलाई लाग्न सक्छ फरक पार्टी भैसकेपछि यो हुनु के अस्वाभाविक भयो ? वा धेरैले भन्न सक्छन् लेख्ने पंक्तिकारले कुनै अमुक पार्टीको बचाऊमा उत्रिएको हो ? अझ अरुले भन्न सक्लान गठबन्धनको शैदान्तिक पक्षलाई स्थानीय तहमा लागु गर्न नपाइने ?

यी संगै दर्जनौ प्रश्न ,टिका टिप्पणी र बहस गर्ने बाटो खुल्ला नै छ तर पनि यसलाई अलिकति गहिरिएर हेर्ने हो भने यसमा राजनीतिक भन्दा पनि ब्यकतिगत टकराव प्रधान कारण देखिन्छ।

मिठाराम अधिकारी संगको ठाकुर खकुरेल र धुर्व नेपालको टकरावको भुमरी अहिले वडा नं १० मा पुगेको छ जहाँ तिनै नेताका उत्पादन चन्द्रमान श्रेष्ठ , देवी रेग्मी ,रिता दाहाल र दिल  कुमारी बिक चुनावी समरमा होमिएका छन।

यसमा यदि व्यक्तिगत टकरावको प्रश्नले भूमिका निर्वाह गर्दैनथ्यो भने नेकपा माओवादी केन्द्र सहितको गठबन्धन बन्थ्यो भन्ने चर्चा पनि अहिले व्यापक चलेको छ किनकी खकुरेल र नेपाल दुवै नेकपा माओवादी केन्द्रका पुर्व नेता हुन् जसको प्रभाव अझै त्यहा चल्न सक्थ्यो।

तर हठात् रुपमा नेपाली कांग्रेस संग मात्र गठबन्धन गरेर उम्मेदवार हुल सहित निर्वाचन कार्यालय पुगेका ति दुई नेताहरुको मिठाराम अधिकारी प्रतिको असन्तुस्टी सतहमा प्रकट भएको छ।

एक समय कपनको राजनीतिक सतहमा प्रकट भएको धेरै  जिम्मेवार नेताहरुको मुखारबिन्दबाट गोप्य बैठकमा व्यक्त भएको नयाँ र पुरानोको विषाक्त विचार र त्यसको प्रहारमा परेर मर्माहत बनेका खकुरेल र नेपालको मनमा रहेको गुइठाको आगो झैँ इगो यसरि जीवनभरको सिदान्त च्युत बनाएर फिलिङ्गो बन्नुलाई धेरैले राजनीतिक प्रश्न भन्दा पनि व्यक्तिगत भडासको रुपमा विश्लेषण गर्न थालिएको छ।

पटक पटक यी दुई नेताले नेकपा एमाले हामीले बनाएको पार्टी हो र यसको सिदान्त संग हाम्रो कुनै बिमति छैन भने पंक्तिकार संग दिएको अभिव्यक्ति र उनीहरुको इतिहास हेर्दा पछिल्लो प्रकरण नगर प्रमुख पदका उम्मेदवार अधिकारी संगको संघर्षको अन्तिम स्वरूपमा प्रकट भएको जो कसैले सजिलै बुझ्न सक्छन।

सरकारी विद्यालयको जागिर धरापमा हालेर संगठनको झोला बोक्ने खकुरेल र आफ्नो रगत पसिनाको कमाइ नेकपा एमाले  पार्टी निर्माणमा खुल्ला दिलले खर्च गर्ने नेपालले सौताको रिसले आफ्नै घर आगो लगाउने उखान झैँ कपनको नेतृत्व भन्ने आफ्नै मुद्दालाई धुमिल बनाउनु राजनीतिक कदम थियो कि थिएन ? यो प्रश्न आउने दिनमा उनीहरुले सबैभन्दा बढी सामना गर्नु पर्नेनै छ ।

युवा नेताहरु  धुर्वराज न्यौपाने र हरिराम ढुंगानाको सुझबुझपूर्ण राजनीतिक निर्णय :

बैशाख १२ गते दिउसो करिव ३.३० बजेको समय सम्म नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुख पदको उम्मेदवार थिए युवा नेता धुर्वराज न्यौपाने र उनि सहित धेरैको टिकट बोकेर बसेका थिए नेकपा एसका नगर कमिटी अध्यक्ष हरिराम ढुंगाना।

दावेदार र उम्मेदवारहरुको आगमन संगै तातेको निर्वाचन कार्यालयको माहोलमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारी र बिनोद चालिसे ( कपन ) उम्मेदवारका रुपमा मनोनयन दर्ता गर्ने तयारीमा थिए भने अरु कपनको राजनीतिमा प्रभाव राख्ने युवा नेता न्यौपानेको उम्मेद्वारी दर्तालाई काखी बजाउदै व्यग्रताका साथ पर्खिरहेका थिए।

धेरैको कल्पना एक समयका निकट सहयात्री अधिकारी र न्यौपानेलाई जुधाएर मज लिने थियो र त्यो दिवास्वप्न निकै तातेको पनि थियो तर न्यौपाने र ढुंगानाको सुझबुझ निर्णयले ति आकांक्षीहरुको मनमा चिसो पानी खन्याई दियो।र त्यो महत्वपूर्ण निर्णय थियो नगर प्रमुखको उम्मेदवार बाट धुर्वराज न्यौपानेको फिर्ति र बालकृष्ण श्रेष्ठको मनोनयन।

धेरैको अनुमान विपरित बालकृष्ण श्रेष्ठले नेकपा एसबाट नगर प्रमुख पदमा मनोनयन दर्ता गराए संगै कपन जुधाएर मजा लुट्ने आशामा रहेका धेरको मुहार मलिन बनेको थियो भने दुई युवा नेताको अन्तिम समयको दुरगामी निर्णयको प्रसंशा समेत भएको थियो।

अन्त्यमा धुर्वराज न्यौपाने र हरिराम ढुंगाना साविक कपन गाउँ कमिटिको अध्यक्ष र सचिव हुँदा उपाध्यक्ष रहेका निकट मित्र  नवराज भट्टराईको वडामा भएको गठबन्धनलाई राजनीतिक रुपम स्वीकार गरे पनि भावनात्मक र व्यवहारिक रुपमा स्वीकार गर्न भने उनीहरुलाई निकै कठिन पर्ने देखिन्छ।

राजनीति,प्रेम र युद्दमा सबै कुरा जायज हुन्छ भन्ने भनाइलाई आत्मसाथ गर्दै कपन क्षेत्रमा जुनसुकै समय अप्रत्यासित रुपमा जे सुकै निर्णय नहोला भन्न नसकिने अवस्था रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।