नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश ख का सचिव जयराम महतले राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिए
कपन अनलाइन
काठमाडौँ,बैशाख १२ ।नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ३ प्रदेश ख का सचिव जयराम महतले राजिनामा दिएका छन ।महतले स्थानीय तहको टिकट वितरणमा मनोमानी ढंगले एक पक्षीय निर्णय गरि आफु खुसि ढंगले टिकट वितरण गरिएकोले नेपाली कांग्रेस पार्टीको साधारण र क्रियाशील सदस्यताको साथै प्रदेश सभा खको सचिब पद बाट राजिनामा दिदै आसन्न स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को अध्यक्षमा स्वतन्त्र तर्फ बाट उम्मेदवारी दिएको कपन अनलाइनलाइ बताएका छन। महत नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ४ का वडा सदस्य थिए ।
तपाइँको प्रतिक्रिया ।