काठमाडौँ महानगरपालिकाका ११६ जना जनप्रतिनिधिले राजीनामा दिए,४४ जनाको बाँकी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११।

काठमाडौँ महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन । आज साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका छन भने  ८७ जना वडा सदस्यहरुले राजीनामा बुझाएका छन ।अहिले सम्म  महानगरको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी रहेको छ।

महानगरका सहायक प्रवक्ता महेश काफ्ले भन्नुहुन्छ, ‘उम्मेद्वारी सम्बन्धी पार्टीबाट निर्णय आइ नसकेको भएर राजीनामा नआएको हुन सक्छ । अर्कोतिर निर्वाचनमा भाग नलिने भए राजीनामा दिनै परेन ।’

२०७४ को स्थानीय निर्वाचनमा वडा २४, २५ र २७ मा दलित महिलाको उम्मेद्वारी नपरेका कारण जनप्रतिनिधिको कुल संख्या  १६५ बाट १६२ हुनपुगेको छ थियो भने  वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र वडा ३० का सदस्य निरजराज सत्यालको निधन भएपछि अहिले महानगरमा जनप्रतिनिधिको संख्या प्रमुख उपप्रमुखसहित १६० जना रहेको छ ।

तपाइँको प्रतिक्रिया ।