यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १०।

देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज (बुधबार)  दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १, मधेश, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यसैगरी राति पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाको भनाइ छ।

प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

तपाइँको प्रतिक्रिया ।