नेकपा एमाले बुढानिलकण्ठमा १४ वटा निर्वाचन परिचालन कमिटी गठन,को को छन कमान्डरहरु ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

नेकपा एमाले बुढानिलकण्ठमा १४ वटा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको गोल्फुटार बास्केटबल मैदानमा भएको प्रतिवदत्ता  पत्र सार्वजनिक तथा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा नगर सहित १३ वटा वडाका  निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख तथा बागमती प्रदेस कमिटी सदस्य उद्दव प्रसाद खरेलको नेतृत्वमा १०५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज कम्युनिस्ट नेताहरुलाई सम्मान गर्नुका साथै स्थानीय निर्वाचन २०७९ का लागि प्रतिवदत्ता पत्र समेत सार्वजनिक गरिएको थियो।

को को छन नगर  निर्वाचन परिचालन कमिटीमा ? 

संयोजक : उद्दव प्रसाद खरेल

सह संयोजक : लक्ष्मी प्रसाद संग्रौला

सचिव : प्रदिप डंगोल

१. आर्थिक परिचालन कमिटी 

संयोजक : मिठाराम अधिकारी

सह संयोजकः रमा राई

सह संयोजक :राधा कृष्ण भण्डारी

सचीवःसुनिता गुरुङ

२. स्वयंसेवक व्यवस्थापन 

संयोजक : विदुर विक्रम खड्का

३.कानुनी परामर्श समिती 

संयोजक : जयराम थापा

४.अनुगमन समिती 

संयोजक : राजन पोखरेल

५.जनपरिचालन समिती 

संयोजक : संगम गहतराज

६. प्रचार प्रसार समिती 

संयोजक : श्रीकृष्ण श्रेष्ठ

७.सांस्कृतिक परिचालन समिती 

संयोजक : उद्दव प्रसाद भट्टराई

८. कार्यालय व्यवस्थापन 

संयोजक : दावा धोर्जे लामा

को को बने १३ वडामा निर्वाचन परिचालनका कमान्डरहरु ?

वडा नं १:अर्जुन लामा

वडा नं २ : छलफल जारी

वडा नं ३ :मानदास श्रेष्ठ

वडा नं ४:कैलाश खड्का

वडा नं ५ :रमेस दुलाल

वडा नं ६ :श्याम केसी

वडा नं ७ :तोयानाथ अधिकारी

वडा नं ८ :दुर्गा थापा

वडा नं ९ :गोविन्द कटवाल

वडा नं १० : मधु अधिकारी

वडा नं ११ :दिलिप थापा मगर

वडा नं१२ : केदारराज पुडासैनी

वडा नं १३ :विष्णु बहादुर श्रेष्ठ

त्यस्तै  केहि वडामा थप छलफल जारी रहनुका साथै उम्मेदवार बनेको अवस्थामा केहि वडामा संयोजक परिवर्तन हुन् सक्ने नगर कमिटीले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।