नेकपा एस बुढानिलकण्ठका नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस,को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

नेकपा एस बुढानिलकण्ठले नगर प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस गरेको छ। नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठ नगर कमिटीले चार  जनाको नाम प्रमुख र एक जनाको नाम उपप्रमुखमा सिफारिस गरेको हो।

नेकपा एकीकृत समाजवादी बुढानिलकण्ठले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुख पदमा बालकृष्ण श्रेष्ठ ,धुर्वराज न्यौपाने,बद्री कार्की  र निरन्जन नेपालको नाम सिफारिस  गरेको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा नगर कमिटीले प्रमिला सापकोटाको मात्र नाम सिफारिस गरेको छ भने आज बेलुका सम्म १३ वटै वडाका अध्यक्षहरु टुंग्याउने तयारी गरेको छ।

नगर प्रमुख पदका लागि सिफारिस भएका धुर्वराज न्यौपाने गठबन्धन भएको अवस्थामा नेकपा एस उपप्रमुख पाउँदा सो पदमा पनि जाने गरी लचक रहेको श्रोतले जानकारी दिएको छ।

त्यस्तै वडा सदस्य पदमा धेरै आकांक्षीहरु बढे संगै सबैको नाम सिफारिस गरेको नेकपा एस बुढानिलकण्ठले गठबन्धन नभएको अवस्थामा ६७ जना नै उम्मेदवार उठाउने तयारी गरेर नाम सिफारिस गरेको छ।

तपाइँको प्रतिक्रिया ।