समाजसेवी टिकेस नारायण श्रेष्ठको व्यक्तिगत खर्चमा चुनिखेलका विभिन्न मन्दिर र द्वारमा रंगरोगन

समाजसेवी टिकेस नारायण श्रेष्ठको व्यक्तिगत खर्चमा चुनिखेलका विभिन्न मन्दिर र द्वारमा रंगरोगन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा विभिन्न सामाजिक काम गर्दै आएका युवा समाजसेवी टिकेस नारायण श्रेष्ठको व्यक्तिगत खर्चमा चुनिखेलका विभिन्न मन्दिर र द्वारामा रंगरोगन  गरिएको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष समेत रहेका श्रेष्ठको व्यक्तिगत खर्चमा करुणा माइ मन्दिर, टुसाल द्वार र  माथिल्लो गणेश मन्दिरमा करिव २ लाख रुपैया खर्च गरेर रंगरोगन गरिएको हो।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फ बाट वडा अध्यक्ष पदमा सिफारिस भएका श्रेष्ठले यस अघि पनि आफ्नो व्यक्तिगत खर्चमा विभिन्न सामाजिक र विकास निर्माणका काम गर्दै आएका छन।

 

तपाइँको प्रतिक्रिया ।