गोकर्णेश्वर -३ को सदस्यमा नेपाली कांग्रेसका युवा नेता जनक गिरीको दावी

कपन अनलाइन

काठमाडौं, बैशाख ९ । स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् । आम नागरिकका लागि विगतदेखि नै अहोरात्र खट्दै आएका सामाजिक युवा अभियन्ता  जनक  गिरीले विकास निर्माणमा फड्को मार्न राजनीतिक रूपले पाइला अगाडि बढाएका छन् ।  गिरीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस बाट गोकर्णेश्वर ३ को वडा सदस्य पदका लागि दाबी  गरेका छन ।  नेपाली कांग्रेस गोकर्णेश्वर ३ इकाई सहसचिव समेत रहेका  गिरीले समाज  सेवाप्रति युवाहरू भूमिकाविहीन रहेको अवस्थामा आफूले उत्तरदायी भएर काम गर्दै आएको बताएका छन  ।

उनले आफूले नेतृत्व पाएको खण्डमा सामाजिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दावी गर्दै अबको नेतृत्व युवाको काँधमा दिनुपर्ने धारणा राखेका छन  । नेतृत्व उमेर वा विरासतले होईन, विचार र क्षमताले हासिल हुन्छ भन्ने विचार राख्ने  गिरि शंखरदेब क्याम्पस बाट व्यवस्थापन संकायमा  स्नातकोत्तर  सम्म अध्ययन गरेका गिरीले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गोकर्णेश्वर ३ को अध्यक्ष पदमा योग्य भए पनि अग्रजहरुको सम्मान र उनीहरुको योगदानलाइ कदर गर्दै आफु वडा सदस्य भएर नै काम गर्न चाहेको बताएका छन ।

बिगतको निर्वाचनमा समेत नेपाली कांग्रेसलाई जिताउन महत्वपुर्ण योगदान पुर्याएका गिरि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन  वडा सरसफाइ, रक्तदान वृक्षारोपण  लगायत बिभिन्न सामाजिक कार्यमा क्रियाशील रहेका गिरीले   आफ्नो ज्यानको कुनै परवाह नगरी व्यक्तिगत र संस्थागत रूपमा कोरोना महामारीका बेला पनि वडावासी मात्र नभई समग्र  नगर भरि नै खटेर सामाजिक दायित्व निर्वाह गरिसकेका छन् । युवा नेतृत्व  नभएको कारण  उल्लेख्य रूपमा देशको विकास र समृद्धिमा योगदान पुग्न नसकेको दावी गर्दै अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन ।

उनले आफू निर्वाचित भएपछि वडाको टिम सहित  समाजका अन्य अनुभवी व्यक्तिबाट अनुभव लिँदै युवाहरूको साथ र सहयोगका साथै अघि बढने धारणा राखेका छन्  । आफु निर्वाचित भएमा  विज्ञसहितको टोली बनाएर दीर्घकालीन सोचका साथ वडाको  विकासमा  अघि बढ्ने उनको योजना  रहेको जानकारी गराए ।उनले स्वास्थ्य शिक्षा , रोजगारी जस्ता क्षेत्रमा आमुल परिवर्तन गरेर देखाउने समेत योजना रहेको बताएका छन ।गिरीले सबैको साथ र सहयोग पाउने अपेक्षा राखेको भन्दै समाजप्रति निर्वाह गरेको भूमिकाले पनि सबैले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।