बुढानीलकण्ठ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कहाँ छ ?

बुढानीलकण्ठ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कहाँ छ ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ९।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानीलकण्ठ नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

नगरपालिकाको वडा नं ०२ ज्येष्ठ नागरिक पार्क स्थित ज्येष्ठ नागरिक सार्वजनिक भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै अधिकृत चमिला भट्टराईले निर्वाचन कार्यतालिका सार्वजनिक गरेकी छन  ।भट्टराईलाई बुढानीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुवेश्वर लामिछानेले स्वागत गरेका थिए  ।

बुढानीलकण्ठ नगरपालिकाको निर्वाचन प्रक्रियालाई विवादरहित ढंगबाट सफल बनाउनका लागि  । अधिकृत भट्टराईले निर्वाचनको तयारीका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने भएकी  छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

तपाइँको प्रतिक्रिया ।